दफा १४९
हकवालामा संरक्षकत्व नसर्ने

कुनै संरक्षकको मृत्यु भई दफा १४८ बमोजिम संरक्षकत्व समाप्ति भएकोमा संरक्षकको हैसियतले निजमा रहेको हक, अधिकार रदायित्व निजको हकवालामा सर्ने छैन। तर कुनै असक्षम वा अर्धसक्षम व्यक्तिको सम्बन्धमा अर्को संरक्षक नियुक्ति गर्नुपर्ने अवस्था भएकोमा संरक्षक नियुक्त नभएसम्मको लागि संरक्षकको उत्तराधिकारीको हैसियतले त्यस्तो असक्षम वा अर्धसक्षमव्यक्तिको पालनपोषण तथा हेरविचार निजले गर्नु पर्नेछ ।